प्रहरीको अन्त्येष्टीमा हजारौं हजार

तस्बिर स्रोत, Getty
न्यूयोर्कमा एक साता अघि मारिएका प्रहरी राफियल रामोसको अन्त्येष्टीमा दशौं हजार मानिसहरु सहभागी भएका छन्।
अन्त्येष्टीमा सारा अमेरिकाबाट हजारौं महिला र पुरुष प्रहरीहरु रामोसप्रति सम्मान व्यक्त गर्न न्यूयोर्क आएका थिए।
क्यानडाका प्रहरीको समेत सहभागिता रहेको अन्त्येष्टीमा अमेरिकी उपराष्ट्रपति जो बाइडन पनि संलग्न थिए।
उनले शोकाकुलहरुलाई संबोधन गर्दै भने, "न्यूयोर्क शाहसी शहर हो यसले ठूलो चुनौती पार गरेर आएको छ । संसारकै सबभन्दा राम्रो प्रहरी संगठन छ। र मलाई विश्वास छ यो बहुआयामिक शहरले देशलाई नै फरक मत राख्नेहरुबीच एकता कसरी कायम गराउने भन्ने पाठ सिकाउनेछ।"
प्रशंशा
अन्त्येष्टीमा सहभागी न्यू योर्कका गभर्नरले पछिल्ला विरोध प्रदर्शनका बेला मानिसहरुले प्रहरीलाई मुखैमा दुर्व्यवहार गर्दा पनि प्रहरीले आफ्नो काम निरन्तर गरेको भनेर प्रहरीको प्रशंशा गरेका थिए।
अन्त्येष्टीमा सहभागी प्रहरीले केहि प्रदशर्नकारीलाई समर्थन गरेका भनिएका न्यू योर्कका मेयर बील डी ब्लासियोको आलोचना गरेका थिए।
चर्चभित्र मेयरले बोल्दा प्रहरीहरुले ताली त बजाएका थिए तर चर्च बाहिर मेयर बोलिरहेको टेलिभिजनस्क्रीन प्रति प्रहरी अधिकारीहरुले पिठ्युँ फर्काएका थिए।
दुइजना प्रहरी अधिकारी रामोस र वेनजियान लियुको गस्ती भ्यानमा बसिरहेका बेला गोली हानेर मारिएको थियो।
अन्त्येष्टी
लिउको अन्त्येष्टीको विस्तृत विवरण घोषणा गरिएको छैन।
उनका नातेदारहरु चिनबाट अमेरिका आएपछि मात्रै अन्त्येष्टी गरिने अधिकारीहरुले बताएका छन्।
काला जातीका २८ वर्षीय इसमीयाल ब्रीन्स्लेले ति दुइ प्रहरीको हत्या गरेपछि नजिकै आत्महत्या गरेका थिए।
हिंसा गरेको इतिहास भएका उनले इन्टरनेट मार्फत दुइजना प्रहरीको अधिकारीको हत्या गरेर दुइ जना काला जातीको मानिसको हत्याको बदला लिने सार्वजनिक गरेका थिए।




















