बीबीसीले दियो उजुरी

भिडिओ क्याप्शन सुरु हुँदैछ, बीबीसीले दियो उजुरी
Published

बीबीसीले उसको पर्सियन सेवासंग आबद्ध पत्रकार तथा तिनका परिवारलाई इरान सरकारले ‌धम्क्याउने तथा दुख दिने काम गरिरहेको भन्दै संयुक्त राष्ट्र संघ समक्ष उजुरी दिएको छ।

मानव अधिकारसंबन्धी राष्ट्र संघीय परिषदद्वारा प्रकाशित एउटा रिपोर्टले बीबीसी पर्सियन सेवासंग आबद्ध पत्रकार तथा तिनका परिवारलाई इरानी सत्ताले जानी जानी दुखदिइरहेका उल्लेख गरेको छ।

तर इरानले ती समाचारहरु झुठ्ठा भएको र बीबीसी एक स्वतन्त्र संस्था नभएको दावी गरेको छ।

बीबीसी रिपोर्ट (भिडिओ)