‘अधिक मदिरा सेवनले कलेजोको रोगको जोखिम’

अडिओ क्याप्शन सुरु हुँदैछ, अधिक मदिराले कलेजोसम्बन्धी गम्भीर रोग लाग्ने चेतावनी विज्ञहरुले दिने गरेका छन्।
Published

जाँडरक्सीको अधिक सेवन, खानपान तथा सफा पानीमा विशेष ध्यान नदिँदा अधिकांश मानिसलाई कलेजोसम्बन्धी जटिल रोग ‘लिभर सिरोसिस’ देखिएको हुँदा त्यसमा ध्यान दिन चिकित्सकहरुले आग्रह गरेका छन् । अधिकांश मानिसमा कलेजोसम्बन्धी रोग हेपाटाइटिस बी र सी को समस्या बढ्दो क्रममा रहेको चिकित्सकहरुले बताएका छन्।