माओवादी धरापमा परेर आँखा गुमाएका पवन घिमिरे नेपाललाई विश्वकप दिलाउन चाहन्छन्
Published
सरकार र तत्कालीन विद्रोही माओवादीबीच दाङको हापुरेमा वार्ता चलिरहेका बेला भएको एउटा घटनामा ४१ वर्षका पवन घिमिरेले दुवै आँखा गुमाए।
युद्धविराम जारी रहेको बेला २०६० साल श्रावण २७ गते कालीकोटको जुवेथा भन्ने स्थानमा माओवादी धरापमा पर्दा उनी भर्खर २५ वर्ष टेक्दै थिए।
हाल नेपाल नेत्रहीन क्रिकेट सङ्घका अध्यक्ष रहेका घिमिरेकै नेतृत्वमा गठित सङ्घ मातहत झन्डै सात सयजना नेत्रहीन क्रिकेट खेलाडी रहेका छन्।
क्रिकेटलाई दृष्टिविहीनहरूसम्म पुर्याउन विभिन्न तालिम तथा प्रतियोगिताहरू आयोजना गर्ने कार्यमा उनी यतिबेला सक्रिय छन्।
बलको आवाज सुनेर खेलिने उक्त नेत्रहीन क्रिकेटमा नेपाललाई विश्वकप जिताउने लक्ष्य उनको छ।
हेर्नुहोस् कमल परियारले बनाएको यो भिडिओ।
अनि यो पनि