फिलिपीन्सको टाक्लोवन जस्ता समथर भूभागमा आँधीले पु-याएको क्षतिका तुलनात्मक तस्वीरहरु
तस्बिरको क्याप्शन, लियेट टापूको टाक्लोवन र पूर्वी सामारा प्रान्तको गुयान जस्ता समथर क्षेत्रहरुमा आँधीले पु-याएको क्षति स्याटलाइट र एरियल तस्वीरहरुमा देखिन्छ। यो टाक्लोवन शहर नजीकैको आनिबोङग नगर हो।
तस्बिरको क्याप्शन, टाक्लोवन शहर नजीकैको आनिबोङग नगरको तटमा रहेका मालवाहक जहाजहरु। आँधीले त्यस क्षेत्रको समुदायलाई नैं तहसनहस पारेको थियो।
तस्बिरको क्याप्शन, लियेट टापूको सबभन्दा ठूलो शहर टाक्लोवनमा दस हजारसम्म मानिस मारिएको अनुमान छ।
तस्बिरको क्याप्शन, जीवित ब्यक्तिहरु भग्नावशेषमा आफ्नो सर-सामानको खोजी गर्दैछन।
तस्बिरको क्याप्शन, टाक्लोवनको विमानस्थलमा आँधीले नराम्रौ क्षति पु-याएको थियो, भवनहरु ध्वस्त भएका थिए, रुखहरु उखेलिएका थिए र मोटरहरु पल्टिएका थिए।
तस्बिरको क्याप्शन, अति आवश्यक सहायता पु-याउन अब सैनिक विमानहरु अवतरण गर्न सक्छन्।
तस्बिरको क्याप्शन, आँधीको मार पर्ने पहिलो क्षेत्र मध्ये गुयान पनि एक थियो र त्यहाँ पनि आँधीले उत्पात मच्चायो।
तस्बिरको क्याप्शन, मानिसहरुले खानेकुरा र अन्य सर-सामानको खोजी गर्दै गर्दा गोदामहरु लुटिएको खबर पनि आएको छ।